
अर्घाखाँची । अर्घाखाँचीमा पनि सलहले आकास ढाकेपछि स्थानीयहरु थाल ठटाउँदै आगो बालेर सलह धपाउन लागि परेका छन् ।
सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिका सबैतिर सलह देखिएको छ ।
जिल्लाका सबैजसो क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको छ । तीन दिनदेखि फैलिएको सलह अझैसम्म बालीमा देखिएको छ ।
कृषकहरु कसरी खेती बाली जोगाउने भनेर चिन्तित बनेका छन् । हुर्कंदै गरेको मकैबाली सलहले नष्ट गरेपछि खाद्यान्न अभाव हुने चिन्ताले किसानहरुलाई पिरोलेको छ ।
प्रतिक्रिया दिनुहोस्