
वासिङ्टन, असार १७ । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोनाभाइरसको ‘भ्याक्सिन’को ‘क्लिनिकल’ परीक्षणका लागि अनुमति दिएको छ ।
एफडीएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिनुभयो ।
उहाँले अरु छ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताउनुभयो ।
अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोभिड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको छ ।
यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिनुभएको छ ।
उहाँले भ्याक्सिनका प्रभावकारितासम्बन्धी विवरणहरु आगामी वर्षको सुरुतिरमात्र प्राप्त हुने पनि जानकारी दिनुभयो । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्