१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘एडीबी’ले नेपालमा कोरोनासँग जुध्न ३६ करोड अनुदान सहयोग गर्ने


0
Shares

काठमाडौं, असार १७ । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा कोरोनासँग जुध्न ३६ करोड रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको छ ।

बैंकले नेपालमा कोभिड—१९ सँग जुध्न एसिया प्यासिफिक डिजास्टर रेस्पन्स फन्डमार्फत् ३० लाख अमेरिकी डलर अनुदान सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित कार्यालयले जानकारी गराएको हो ।

अनुदान रकम ‘क्वारेन्टिन’ व्यवस्थापनमा सुधार, सीमानाकाहरुमा वैदेशिक रोजगारीबाट फर्कनेहरुको व्यवस्थापन र औषधि तथा अन्य उपकरण खरिदलगायतमा खर्च गरिने जनाइएको छ ।