१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारामा मास्क नलगाउनेलाई जरिवाना


0
Shares

mask corona dadeldhura

प्रकाश लम्साल (इमेज)

बारा, असार १७ । बारामा सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई जरिवाना गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले यही असार १९ गतेदेखि मास्क नलगाउनेलाई जरिवाना गर्ने निर्णय गरेको हो ।

बजार क्षेत्रमा रहेका पसल, ग्राहक, सवारी–साधनमा यात्रा गर्नेदेखि मास्क नलगाइ हिँड्ने पैदलयात्रीसमेतलाई जरिवाना गरिने जनाइएको छ ।

प्रशासनले मास्कको प्रयोग नगर्नेलाई १०० रुपैयाँ जरिवाना गर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सार्वजनिकस्थलमा मास्क प्रयोग नगर्नेलाई संक्रमण नियन्त्रण ऐन २०२० अनुसार १०० रुपैयाँ जरिवाना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कोरोनाभाइरसको जोखिम बढेको र न्यूनतम् स्वास्थ्य सुरक्षा सतर्कतासमेत अपनाएको नपाइएको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।

कोरोनाका कारण बारामा दुईजनाको मृत्यु भइसकेको छ । १९ जना ‘आइसोलेसन’मा छन् । १९१ जना ‘क्वारेन्टिन’मा रहेका छन् ।