
काठमाडौं । काठमाडौंबासी मंगलबार आकाशतिर हेरेर रमाए । किनकि ‘बाली र हरियालीलाई पूर्ण क्षति गछ’ भनिएको सलह किरालाई बथानका बथान कागले खाइरहेका थिए ।
सलह भगाउन थाल ठटाउने, आगो बालेर धुँवा निकाल्नेदेखि छर्रा हान्नेसम्मका घरेलु उपाय अपनाएको पाइन्छ । तर काठमाडौमा त्यस्तो कुनै उपाय गर्नुपरेन ।
कागलगायत पन्छीको पर्यावरण सन्तुलनमा विशेष भूमिका हुन्छ नै । अझ हिन्दु समाजले कागलाई पूजा गर्छ । कागको सम्मानमा पर्व नै छ–काग तिहार ।
सलहको आगमनसँगै काठमाडौैबासीले आफ्नो संस्कृति र जीवन पद्धतिसँग जोडिएका कागको थप महत्व महसुस गर्न पाए ।
चराविज्ञ हेमसागर बराल कागजस्ता सबै खालका चराले पर्यावरणलाई नियमित रुपमा सेवा दिएको बताउँछन । बराल भन्छन–‘कागले सलह खाएको त एउटा उदाहरण मात्र हो । यस्ता धेरै चराले सलह खाए होलान । आहारमात्र पाएनन्, सलह नियन्त्रणमा पनि सहयोग भयो ।’ -नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्