
काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद झनै बढेर गएको छ । गुटगत भेला र छलफलले तिब्रता पाइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा गराउन ओली इत्तरका नेताहरु शसक्त ढंगले अघि बढेका छन् । यसलाई मिलाउन ओली पक्षधरहरुले प्रयास जारी राखेका छन् ।
बुधबार दिउँसो दिनभर ओली पक्ष र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहका नेताहरु छुट्टाछुट्टै बैठक बसे ।
ललितपुरको झम्सीखेलदेखि, बालुवाटार, सिंहदरवार र नयाँ बानेश्वरमा फरक फरक बैठकहरु बसेका थिए ।
बैठकमा आ–आफ्नो अडान नछोड्ने र बिहीबार(आज) बस्ने स्थायी समितिमा प्रस्तुत हुने रणनीति तय गरेका छन् ।
आज(बिहीबार) पनि विहानैदेखि नेताहरुको दौडधुप बढेको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा ओली निकटका नेताहरुसँग छलफलका लागि पुगिसकेका छन् ।
छलफलमा ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी रहेको बुझिएको छ ।
यसैगरी प्रचण्ड-नेपाल गुटका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका छन्।
बुधबार झम्सीखेलमा बसेका प्रचण्ड–नेपाल समूहका ३० भन्दा बढी नेताले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्