१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खुमलटारको निष्कर्ष: पार्टीलाई फुटबाट जोगाऔं, मिलेर जाऔं


0
Shares

NCP primeminister prachanda kp oli

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा विहीबार विहानै भएको भेलामा नेताहरुले मिलेर जाने निष्कर्ष निकालेका छन् ।

पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली निकट नेता छलफलका लागि खुमलटार पुगेका थिए ।

उनीहरुले कुनै ठोस निर्णय नगरेपनि सबैजना पार्टीमा मिलेर जानुको विकल्प नभएको बताए । सहभागी एक सदस्यका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत रहेको बताए ।

छलफलमा ओली पक्षका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल, सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

त्यस्तै, प्रचण्ड सहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल लगायत सहभागी थिए ।

बुधवार ललितपुरको झम्सिखेलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित ३१ जना स्थायी कमिटी सदस्यबीच छलफल गरेका थिए।

पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्र पारेका हुन् ।