१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार १९ । सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा शुक्रबार नौ महिला र ३० पुरुष गरी ३९ जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कैलालीका १३, डोटीका १२, कञ्चनपुरका सात, बैतडीका चार, अछामका दुई र बझाङका एकजनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा धनगढी प्रयोगशालामा २६९ जनाको कोरोना परीक्षण भएको उहाँले बताउनुभयो ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ । सातजनाको मृत्यु भइसकेको छ ।