१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेताहरुले नै भ्रम छरेपछि…


0
Shares

सागर महर्जन (इमेज)

काठमाडौं, असार १९ । विश्वभर कोरोनाभाइरसविरुद्धको खोप बनाउने प्रयास जोडतोडका साथ चलिरहेको छ । यसका केही सकारात्मक नतिजाहरु पनि आएका छन् ।

तर, कोरोनाभाइरसबाट सुरक्षित रहन भन्दै नेपालमा सत्तारुढ दलको एक बैठकमा नेताहरुले भने भाइरस ‘रिमुभिङ कार्ड’ घाँटीमा झुन्ड्याएको विषयले निकै चर्चा पायो ।

यस्तो कार्ड प्रयोग गर्दा कोरोनाभाइरस लाग्दैन भन्ने भ्रम सिर्जना भएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले आफ्ना स्थायी कमिटीका सदस्यहरुका लागि कोरोनाभाइरसबाट सुरक्षित रहन भन्दै रिमुभिङ कार्ड बाँडेको थियो ।

संसद तथा समितिको बैठकमा सांसदले भाइरस रिमुभिङ कार्ड लगाएर उपस्थित भएपछि नेकपाले पनि यस्ता कार्ड खरिद गरेको बताइन्छ ।

बियोन्ड द वाल ट्रेडिङ कम्पनीका यी कार्डहरु व्यक्तिगत प्रयोजनका लागिसमेत बिक्री हुने गरेको छ ।

स्वास्थ्यसम्बन्धी कुनैपनि वस्तु बिक्री–वितरण गर्नुअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसबाट सुरक्षित रहने नाममा कुनैपनि कार्ड प्रयोग नगर्न भनेपछि यस्ता कार्डको प्रयोग अनुमतिबिना गरेको बुझ्न सकिन्छ ।

उपभोक्ता संरक्षण गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने उल्लेख छ ।

कोरोनाबाट बच्ने भन्दै समाजका प्रतिष्ठित व्यक्तिले घाँटीमा भाइरस रिमुभिङ कार्ड झुन्ड्याउँदा सर्वसाधारणलाई कस्तो सन्देश जाला ?

महामारीको यो समयमा कुनैपनि वस्तु प्रयोगअघि परिस्थितिको गम्भीरता बुझेरमात्र प्रयोग गर्दा नै बुद्धिमानी हुन्छ र त्यसले नै सकारात्मक सन्देश पनि दिन्छ ।

भिडियो हेर्नुहोस्

नेताहरुले नै भ्रम छरेपछि…

नेताहरुले नै भ्रम छरेपछि…

Posted by ImageKhabar.com on Friday, July 3, 2020