८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ओली किन दुवै पद छाड्न चाहँदैनन् ?


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले दुईमध्ये एउटा पद छाड्दा आफू कमजोर भएको र गलहत्याइएको सन्देश जाने ठान्छन् ।

त्यसैले उनी आफ्नो अडानबाट हल्लिएका छैनन् । ‘दुई अध्यक्षबीच मात्रै या कमिटीमा सल्लाह भएको भए प्रधानमन्त्रीले सरकार छाड्न सक्नुहुन्थ्यो तर अब छाड्नुहुन्न’, ओलीनिकट स्रोतले कान्तिपुरलाई भन्यो,‘अब छाड्दा त जिम्मेवारी हस्तान्तरण गरेको भन्दा पनि गलहत्याइएको भन्ने सन्देश जान्छ । अलिअलि त इगोले पनि काम गर्छ नि ।’

ओली निकटस्थ नेताहरुसँग पनि अलिहे सरकार छाड्दा त्यसको अर्थ निकालिएको रुपमा बुझिने र आफ्नो मान सम्मान गुम्ने भएकाले त्यस्तो खालको कुरै नगर्न भनेका छन् ।

शुक्रबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भएको बैठकमा समेत प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने भन्दै अरु विकल्प भए आफू कुरा गर्न तयार रहेको बताएका थिए ।

‘अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा संभव छैन, अहिले त्यो कुरै नगर्नुहोस, त्योबाहेक कुरा छन भने गरौं’, बैठकमा ओलीले दाहालसँग भनेका थिए, ‘हैन भने पार्टी तर करिब करिब फुटेकै छ, औपचारिकताका लागि भोलि मलाई कारवाही गर्नुस, म नयाँ पार्टी घोषणा गर्छु ।’ ओलीले पार्टी एकता जोगाइराख्ने मन भए आफ्नो टिममा आउन दाहाललाई प्रस्ताव गरेका थिए । कान्तिपुर दैनिकबाट