
प्रतीकात्मक ।
बिराज रोस्यारा (इमेज)
कैलाली, असार २० । धनगढीमा दुई युवती मृत भेटिएका छन् ।
धनगढी उपमहानगरपालिका–७ स्थित बेली जंगलमा शनिबार दुई युवती मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले धनगढी–७ कै १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउतको शव भेटिएको जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
युवती मृत भेटिएको स्थानमा सेल्फास नामक विषादी फेलापरेकाले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
उनीहरु सँगै बस्दै आएको खुलेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्