
धरान, असार २० । सुनसरीको धरानमा लागुऔषधको कारोबार गर्ने एक व्यक्तिलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालयले धरान उपमहानगरपालिका–७ का ४४ वर्षीय किशन श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठको कोठा छापामारी एकथान एअरगन, एक लाख ९२ हजार रुपैयाँ नगद र ठूलो परिमाणमा लागुऔषध बरामद गरेको धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
लागुऔषध कारोबारी श्रेष्ठको कोठाबाट नाइट्रोसन २६० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ५५२ क्याप्सुल र डाइलेक्स डिसी १०० एमएलको छ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्