
काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले छरिएर रहेका जनसाहित्यलाई संगठित गरी भाषिक एकता कायम गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।
शुक्रबारदेखि राजधानीमा सुरु भएको हिमवत् खन्ड कला–साहित्य सम्मेलनको उद्घाटन गर्दै उनले इतिहास, सभ्यता, संस्कृतिलगायतका थुप्रै पक्षमा हामी सम्पन्न रहेको बताए ।
हिमवत् खन्ड कला, साहित्य र संस्कृतिको जर्गेना र सम्वद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ ।
भानुभक्त आचार्यको २०५औं जन्मजयन्तीको अवसर पारेर गरिएको यस सम्मेलनमा १३ देशका ४५ भन्दा बढी भाषा तथा साहित्य क्षेत्रका विज्ञहरुको सहभागिता रहेको छ ।
तीनदिने सम्मेलनका सहभागीहरुले यस्तो कार्यक्रमले भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।
सम्मेलनमा नेपाली कला, साहित्य र सांस्कृतिक क्षेत्रमा समृद्धिका आधारहरु तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्रष्टाहरुको योगदानका पक्षहरुसमेत प्रस्तुत् गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्