
प्रदीप पौडेल (इमेज)
पोखरा, असार २० । पोखराको नयाँबजारमा दुईओटा मोटरसाइकल आपसमा जुध्नासाथ आगलागी भएको छ ।
शनिबार दिउँसो एउटै दिशाबाट गइरहेका दुईटा मोटरसाइकल ठोक्किँदा आगो लागेर ध्वस्त भएको जनाइएको छ ।
महेन्द्रपुलतिरबाट नयाँबजारको बृहस्पति आयल स्टोर्सको ठिक सामुन्ने पुग्दा ती मोटरसाइकल ठोक्किएका थिए ।
दुवै मोटरसाइकलमा सवार सबै चारजना सामान्य घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२७, रिठेपानीका २५ वर्षीय इच्छा गुरुङले चलाएको ग१६प ४४४१ र सुरेन्द्र सुनारले चलाएको ३८६१ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।
इच्छाको मोटरसाइकलको पछाडि बसेका २० वर्षीय दीपेन्द्र नेपाली र सुरेन्द्रको मोटरसाइकलको पछाडि बसेकी सुनीता सुनारसमेत घाइते भएका हुन् । उनीहरुको गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गरिएको जनाइएको छ ।
मोटरसाइकलमा लागेको आगो निभाउन पोखरा महानगरपालिकाको दमकल पुगेको थियो । तर, आगोले मोटरसाइकल ध्वस्त भइसकेका थिए । बलिरहेको आगो दमकलले निभाएको थियो ।
प्रतिक्रिया दिनुहोस्