२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


झापामा दाउरा झिक्नेक्रममा खोलाले बगाउँदा एकजनाको मृत्यु


0
Shares

सुरेन्द्र भण्डारी (इमेज)

झापा, असार २० । रतुवा खोलाले बगाउँदा शनिबार झापामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–५, टुक्रेका ३५ वर्षीय पुष्प राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

खोलाले बगाएर ल्याउँदै गरेको दाउरा झिक्नेक्रममा राईलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।