
काठमाडौं, असार २० । भारतमा सलह रहुन्जेल नेपालमा पनि यसको उत्तिकै जोखिम रहेको देखिएको छ ।
नेपालमा सानो समूहमा छिरेपनि सलहबाट हुने क्षतिप्रति सतर्क हुनुपर्ने देखिएको हो ।
नेपालमा सलह प्रवेश गरेको एक हप्तामै यसले गरेको क्षति भने देखिन थालिइसकेको छ ।
सलहले एक हप्तामै १०० हेक्टर मकै नष्ट गरिसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
तर, नेपाल छिरेको यो किराको संख्या सानो रहेको र लामो समयसम्म एकै स्थानमा नबस्ने भएकाले धेरै क्षति भने नगरेको मन्त्रालयले जनाएको छ ।
तर, यसबाट हुने ठूलो क्षतिको सम्भावना भने टरिनसकेको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताउनुभयो ।
कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशत र कृषिमा २१ प्रतिशत हिस्सा ओगटेको धानबाली लगाउने बेलामा भित्रिएको सलह किराका कारण किसान चिन्तित हुनुपर्ने अवस्था आएपनि यसले धानमा भन्दा मकैमा बढी असर गरेको प्रवक्ता डा. केसीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्