२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपालाई ३५ देशका नेपालीको सुझाव : तत्काल ‘एकता महाधिवेशन’मा जुटौं


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चुलिएपछि विश्वका ३५ देशका नेपालीले विधी, विधान, पद्धती र प्रकृयाबाट संगठनलाई अघि बढाउन सुझाव दिएका छन् ।

प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट विज्ञप्ति जारी गर्दै ३५ मुलुकका अध्यक्ष र सचिबले हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउन सुझाव दिएका हुन ।

पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकिकरणका बेला तथा त्यसपछि विभिन्न समयमा भएका सहमतिलाई आधार मानेर पार्टी एकतालाई थप मज़बूत बनाउँदै सार्थक निष्कर्षमा पु¥याउन उनीहरुको माग छ ।

बेलायत, अमेरिका, बेल्जियम, अस्ट्रेलिया, अष्ट्रिया, मलेसिया, आयारल्याण्ड, स्पेन, साउदी अरब, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड, फ्रान्स, रुस, स्विट्जरल्याण्ड, साइप्रस, नर्वे, बहराईन, इजरायल, कतार, क्यानडालगायत ३५ मुलुकका प्रवासी नेपाली एकता मंचका अध्यक्ष र सचिबले नेकपासँग एकताका लागि आग्रह गरेका हुन ।

उनीहरुले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–पार्टी एकताका बाँकी काम तत्काल टुंग्याई पार्टी र सरकार दुवैलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्दछ । दुई ठुला कम्यूनिष्ट पार्टीबीचको ऐतिहासिक एकतालाई कायम राखी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने काम पनि बाँकी छ । यस सन्दर्भमा नेपाल र नेपालीको सुन्दर भविष्यका लागि सवै नेताहरुले सुझबुझपूर्ण काम गर्न हामी विनम्र अनरोध गर्दछौं ।’  

पार्टी जीवनमा फेरि यस्ता अन्यौल र संकटको अवस्था आउन नदिन ऐतिहासिक ‘एकता महाधिवेशन’ को तयारीमा जुट्नु आवश्यकक्ता पनि देखिएको छ । अब संपूर्ण पार्टी पंक्तीलाई परिचालित गरी युवा पुस्ताका नेताहरूलाई नेतृत्व हस्तान्तरणको प्रकृया समेत अगाडि बढाउँदै बलियो पार्टी निर्माणको दिशामा एकवद्द भइ अघि बढ्न हार्दिक अनुरोध गर्दछौं।’