
काठमाडौं । इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ ।
इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले इरानको नातानज संबर्धन केन्द्रमा भएको आगलागीको कारण पत्ता लगाएतापति कारण भने सार्वजनिक गरेको छैन ।
सो आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएकोमा ती उपकरणहरु भन्दा आधुनिक उपकरणहरु प्रतिस्थापन गरिने प्रवक्ता कमलबन्दीको भनाई छ । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् ।
गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्