१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रिमियर लिगः लिभरपुल र साउथह्याम्पटन विजयी


0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन लिभरपुलले सहज जित निकाल्दा म्यान्चेस्टर सिटी पराजित भएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० ले पराजित गर्‍यो ।

लिभरपुलका लागि सादियो माने र कर्टिस जोन्सले एक एक गोल गरे । जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग २३ अंकको दुरी बनाएको छ । गएरातीको खेलमा सिटीलाई साउथह्याम्प्टनले १–० ले पाखा लगायो ।

प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा न्युकासल युनाईटेड र वेष्ट ह्याम युनाईटेडले २–२ गोलको बराबरी खेल्दा बर्न्ले र शेफिल्ड युनाईटेडले १–१ गोलको बराबरीमा चित्त बुझाएका छन् । गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३२ खेलबाट ६६ अंक छ । ५८ अंकसहित लेष्टर सिटी तेस्रो स्थानमा रहँदा चौथो स्थानको चेल्सीको ५७ तथा पाँचौं स्थानको म्यान्चेस्टर युनाईटेडको ५५ अंक छ । एजेन्सी