
अर्घाखाँची । आइसोलेशनमा बसेका १ सय ४७ जनाको दोस्रो कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । जिल्लाका विभिन्न स्थानका आइसोलेशनबाट उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
शितगंगा नगरपालिकाका ५५ जना, सन्धिखर्क नगरपालिका २९ जना, भुमिकास्थान नगरपालिका १९ जना ,मालारानी गाउँपालिका ३८ जना, पाणिनी गाउँपालिका ५ जना, छत्रदेव गाउँपालिका १ जना गरी १ सय ४७ जना लाई डिस्चार्ज गरिएको हो ।
उनीहरुलाई केही हप्ता होम क्वारेन्टिनमा बस्ने निर्देशन दिएकोे सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । जिल्लामा तीन सय १२ जना कोरोना संक्रमित छन । दुई जनाको मृत्यु भएको छ भने ५ सय ६५ जना क्वारेन्टिनमा छन ।
प्रतिक्रिया दिनुहोस्