म्याग्दी । पाँच वर्षीय बालक सहित थप दुई जनामा डेंगु र एक जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ ।
एक्कासी टाउँको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा उपचारका लागि पुगेको बेनी नगरपालिका–२ का ५ बर्षिय बालक, छिमेकी जलजला गाउँपालिका–१ निवासी ६४ बर्षिया महिलामा डेंगु देखिएको थियो ।
त्यस्तै बेनी नगरपालका –७ का ४१ बर्षिय पुरुषमा स्क्रब टाइफसको संक्रमण देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुबेदीले जानकारी दिनुभयो । तीनैजना बिरामीको अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्