काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साँठगाँठ भएको भन्ने विषयमा सोमबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि प्रश्न उठेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले सत्ता साँठगाँठको विषयमा प्रश्न उठाएका छन् ।
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीदेखि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी आएको भन्ने विषयमा प्रश्न उठाएका हुन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्ताव भन्ने कुरा हल्लामात्र भएको जानकारी दिनुभयो । उहाँले यो कार्यअवधिभर कांग्रेसले सरकारमा जाने नसोचेको बताउनुभयो ।
प्रवक्ता शर्माले सत्तारुढ दल नेकपाका विभिन्न नेताहरुले सभापति देउवालाई भेट्न खोजेको भने बताउनुभयो ।
‘पछिल्लो समयमा राष्ट्रपतिको भूमिकामा पनि प्रश्न उठेको छ नि ?’ भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता शर्माले राष्ट्रपतिको भूमिका निरपेक्ष हुननसकेको बताउनुभयो ।
यही असार १६ गतेबाट सुरु भएको कांग्रेस बैठक पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिका पारित भएर सम्पन्न गर्ने कांग्रेसको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्