१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनियाँ विदेशमन्त्री र भारतीय सुरक्षा सल्लाहकारबीच भेटवार्ता, दुई देश बिचको तनाव कम गर्न सहमत


0
Shares

काठमाडौं । दुई देशबीचको सीमा विवाद भिडन्तको स्थितिसम्म पुगिसकेको पृष्ठभूमिमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ ।

सीमामा कुनै पनि किसिमको मुठभेड नगर्ने र तनावलाई सामान्य बनाउन दुवै देश सहमत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केहि समय अघि दुई देशको सिमावर्ती लदाखमा चिनियाँ सेनाको कारबाहीमा भारतीय सैनिक मारिएपछि चीन भारत तनाव चर्किएको छ ।

घटनालगत्तै दुवै देशले त्यस क्षेत्रमा द्वन्द्व नचाहेको र स्थिरताका लागि आफूहरु तयार रहेको बताएका थिए । भारतीय सेना आफ्नो क्षेत्रमा प्रवेश गरेपछि कारबाही गरिएको चिनियाँ विदेश मन्त्रालयले बताएको थियो ।

सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा एक साताअघि डोभलले यीलाई टेलिफोन गर्नुभएको थियो । सीमा विवाद समाधान गर्ने विषयमा गठित विषेश संयन्त्रका लागि डोभल र यी दुई देशका आ आफ्ना प्रतिनिधि छन् ।

भारतको विदेश मन्त्रालयले हिजो निकालेको विज्ञप्तिमा दुवै प्रतिनिधीले आफ्ना कुराहरु सहजै तर गहनरुपमा राखेको उल्लेख गरिएको छ । छलफलमा दुवै देशले वास्तविक सीमा रेखालाई सम्मान गर्ने र भविष्यमा सीमा क्षेत्रमा शान्ति भंग हुन नदिने विषयमा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

विशेष प्रतिनिधिबीच अन्तिमपटक गत डिसेम्बरमा भेटघाट भएको थियो । यता चिनियाँ विदेश मन्त्रालयले पनि विज्ञप्ति जारि गर्दै सिमामा अग्रपंक्तिमा परिचालन हुने सेनाले मुठभेड नगर्न र तनावलाई कम गर्ने व्यवस्था मिलाइएको जनाएको छ । एजेन्सी