२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सरिता गिरी सांसदबाट पदमुक्त


0
Shares

काठमाडौं, असार २५ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसदबाट पदमुक्त हुनुभएको छ ।

संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको हो ।

संघीय संसद सचिवालयले समाजवादी पार्टीले दलको ‘ह्विप’ उल्लंघन गरेको आरोपमा गिरीलाई निष्कासन गरिएको जानकारी आयोगलाई दिएको थियो ।

बिहीबार संसद सचिवालयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकाशित गर्नुभएको छ ।

सरकारले केही समयअघि जारी नेपालको नयाँ प्रशासनिक नक्साको गिरीले विरोध गर्नुभएको थियो ।

उहाँले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गर्नुभएको थियो ।

त्यस्तै, गिरीले विधेयकको विरोधमा संशोधन दर्तासमेत गराउनुभएको थियो ।