काठमाडौं, असार २५ । सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानुनी उपचार खोज्ने बताएको छ ।
सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारको विरोध गर्नुभएको हो ।
उहाँले सञ्चारमाध्यमहरु चाहे नेपालका हुन् वा विदेशी सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्न आग्रहसमेत गर्नुभयो ।
राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्याउने समाचार सम्प्रेषण नगर्न स्वदेशी र विदेशी सबै मिडियालाई आग्रहसमेत उहाँले गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्