पोखरा । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।
१० जना मध्ये ५ जनाको मृत्यु भएको छ । उनीहरुलाई स्थानीय र प्रहरीको सक्रियातामा अस्पताल पुर्याइएको छ ।
उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।
राती जन्मदिन मनाउन अन्य पाहुँनासमेत आएका कारण घरमा कति जना थिए भन्ने खुल्न सकेको छैन ।
हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ । त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्