२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु


13
Shares

नवीनराज कुइँकेल,
लमजुङ । भारी वर्षासँगै गएराति आएको पहिरोमा पुरिँदा लमजुङका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको घर पहिरोमा पुरिएको हो । गए राति ११ बजे पहिरोले घर पुरिँदा ३० बर्षका दिपक तामाङ, उनकी २५ बर्षीया श्रीमती विमाया तामाङ र नौ बर्षका छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् ।

उनीहरुको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भई रहेको छ ।