१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्साको सिमावर्ती क्षेत्रमा हात्तीे आतंक, स्थानीयको घरै भत्कायो


0
Shares

वीरगञ्ज । पर्साको पश्चिम सिमावर्ती क्षेत्रमा हात्तीको आतंक बढेको छ । ठोरीको वडा नम्बर ३ शिकारीबासमा जङ्गली हात्ती प्रवेश गरेपछि गाउँले त्रसित भएका छन् ।

सुतीरहेको अवस्थामा जगंलबाट गाउँमा आएको हात्तीले घर टहराहरु भत्काउदै आतङ्क मच्चाएको हो । शिकारीवासका किसानहरुले खेतमा लगाएको चैते धान काटेर घरमा भित्र्याएपछि हात्ती आउने क्रम बढेको छ ।

धान खान आउने हात्तीले घरै भत्काउने गरेको स्थानीयले बताएका छ्न । गएराति स्थानीय शम्भु चौधरी र पल्टन चौधरीको घरमा हात्तीले घर भत्काउनुको साथै खाना पकाउने भाडाकुडा कुल्चेर नष्ट पारेको थियो ।

हात्तीले एक्कासी घरको बार भत्काउन थाले पछि घरमा सुतेका सबै भागेर ज्यान बचाएका थिए ।