१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ऋणको ब्याज र किस्ता तिर्न ताकेता गरेको भन्दै व्यवसायीद्वारा प्रदर्शन


0
Shares

हेटौंडा, असार २६ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको किस्ता र ब्याज बुझाउन दबाब दिएको भन्दै व्यवसायीहरुले शुक्रबार हेटौंडामा प्रदर्शन गरेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको पहलमा उद्योगी–व्यवसायीले ‘लकडाउन’को कारण मारमा परेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले किस्ता र ब्याज तिर्न ताकेता गरेको भन्दै व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउनका कारण उद्योग तथा कलकारखाना ठप्प रहेको अवस्थामा ऋण र ब्याज तिर्ने अवस्था नभएको भन्दै आफूहरुको माग सुनुवाइका लागि सरकारलाई दबाब दिन प्रदर्शन गरेको बताएका छन् ।