तनहुँ, असार २६ । निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–८, पुल्चोकस्थित नयाँबस्तीका ४२ घर शुक्रबार डुबानमा परेका छन् ।
डुबानमा परेका घरका परिवारको उद्धार गरिएको छ ।
नदी किनार वरपर रहेका घरहरु उच्च जोखिममा रहेकाले त्यस्ता घरपरिवारलाई सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।
सेती नदीको बाढी बस्तीमा पस्दा कुनैपनि मानवीय क्षति भने भएको छैन । केही पशु–चौपाया भने बाढीले बगाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्