काठमाडौं । युरोपेली युनियनले मृत्युदण्ड सम्बन्धी अमेरिकी संघीय कानुन ब्यूँताउने अमेरिकी प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।
अमेरिकाले १७ वर्षपछि ब्युँताएको मृत्युदण्ड सम्बन्धि कानूनमा असन्तुष्टि जनाउँदै इयुले उक्त कानुन फिर्ता लिन आग्रह गरेको छ ।
संघीय मृत्युदण्डको अभ्यास पुनः शुरु गर्ने गरी संयुक्तराज्य अमेरिकाले एक वर्षअघि निर्णय गरेको थियो ।
पछिल्लो पटक यस्तो सजाय सन् २००३ मा दिइएको थियो । अमेरिकी अदालतहरुले गत जुन महिनामा घातक सुई दिएर मृत्युदण्ड दिन मञ्जुरी दिएका थिए ।
यही जुलाई र अगस्टमा पनि चार जनालाई मृत्युदण्ड दिने तयारी रहेको समाचारमा उल्लेख छ ।
युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलले आगामी जुलाई १३ का लागि तय भएको मृत्युदण्डलाई स्थगित गर्न र यसअघिको संघीय नियममाथि पुनर्विचार गर्न अमेरिकी प्रशासन समक्ष अनुरोध गर्नु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्