काठमाडौं । विश्वमा एकै दिन २ लाख २८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । एकै दिन विश्वभर २ लाख २८ हजार १०२ कोरोना संक्रमित थपिएको हो ।
एकै दिनमा यतिको संक्रमित भेटिएको अहिलेसम्मकै सवैभन्दा धेरै भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसअघि जुलाई ४ मा सबैभन्दा धेरै २ लाख ११ हजार ४ सय २८ संक्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।
हालसम्म विश्वमा एक करोड २१ लाख २ हजार ३२८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्