काठमाडौं, असार २७ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको हो ।
काठमाडौंको गोकर्णका ५४ वर्षीय पुरुषको उपचारकाक्रममा असार २५ गते मृत्यु भएको थियो ।
मिर्गौलाका बिरामी उनको ‘पीसीआर’ परीक्षणमा ‘रिपोर्ट पोजिटिभ’ आएको जनाइएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । आठ हजार ११ जना निको भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्