१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनुषामा बाढीको उच्च जोखिम


0
Shares

जनकपुरधाम, असार २७ । केही दिनयता भइरहेको अविरल वर्षाका कारण प्रदेश नम्बर–२ का अन्य जिल्लासहित धनुषामा समेत बाढीको उच्च जोखिम देखिएको छ ।

निरन्तर परेको वर्षाले जिल्लाका सबैला, कमला, गणेशमान चारनाथ नगरपालिका, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिका बाढीको उच्च जोखिममा परेको हो ।

जिल्लाको कमला नदी, विग्घी, जलाध, गणेशमान चारनाथ र रातो नदीको किनारमा रहेका विभिन्न बस्तीमा बाढीको पानी पसेको छ ।

यता, गाउँघरमा पानी पसेपछि डुबानको उच्च जोखिम भएको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति राहत तथा उद्धारका लागि उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको छ ।