१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई नगदसहित राहत वितरण


0
Shares

काठमाडौं । बाह्रबिसे नगरपालिकाका ७३ बाढी पहिरो पीडित घरपरिवारलाई काँग्रेसले राहत वितरण गरेको छ । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न जम्बुका ३४ परिवारलाई र खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई वितरण गरेको स्थानीय काँग्रेस नेता युधिर पौडेललले जानकारी दिए ।

बाढीपिडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो । साथै काँग्रेसले बाढी पहिरोमा परि आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले आइतबार बाह्रबिसे ५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार ७ हजारको दरले नगद वितरण गरेका थिए, भने बाढीबाट पीडित २७ परिवारलाई दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गरेका थिए ।

भोटेकोशीको बुल्कोटे खोलामा आएको बाढी र बाह्रबिसेको जम्बुमा यान्की खोलामा आएको बाढीमा परि २० जना अझै बेपत्ता छन् भने तीनजनाको शव भेटिएको छ ।