१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान’


0
Shares

bhanubhakta aacharya

काठमाडौं, असार २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

पृथ्वीनारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा आदिकवि आचार्यले भाषा, साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभयो ।

सोमबार भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा उहाँले नेपाल भाषा, साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्ने एक अभियन्ता भानुभक्त आचार्य रहेको बताउनुभयो ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य पर्यटनलाई मुलुकको समृद्धिसँग जोडेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

आदिकवि आचार्यसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्नसके मुलुकको समृद्धिमा त्यसले सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।

जन्मजयन्तीका अवसरमा रानीपोखरीनजिकको भानुको सालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ ।

देश तथा नेपाली भाषीहरुको बाहुल्य रहेका देशबाहिरका क्षेत्रमा समेत आदिकवि आचार्यको २०७औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

सोमबारै नेपाली बृहत् शब्दकोशको मोबाइल एपसमेत सार्वजनिक गरिएको छ ।