
प्रदीप पौडेल (इमेज)
पोखरा, असार २९ । कास्की जिल्ला फुटबल संघ अध्यक्षले आर्थिक हिनामिना गरेकोबारेमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले गठन गरेको छानबिन समितिले प्रतिवेदन तयार पारेको छ ।
एन्फा उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले दुई साता लगाएर छानबिन गरी प्रतिवेदन तयार पारेको हो ।
समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी छानबिन सम्पन्न गरेको र मंगलबार नै एन्फा केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने जानकारी दिएको छ ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङले विभिन्न प्रतियोगिता गर्नेक्रममा के–कति आर्थिक हिनामिना गरे भन्नेबारे पत्रकार सम्मेलनमा खुलाइएन ।
एन्फा कास्कीले मनकामना केबलकार फुटबल प्रतियोगिता र जिल्ला लिग गर्नेक्रममा आर्थिक हिनामिना भए/नभएकोलगायत विभिन्न छ शीर्षकमा सीमित रहेर छानबिन गरेको समिति संयोजक खड्काले बताए ।
उनले छानबिन समितिले प्रतिवेदनमात्र बुझाउने र प्रतिवेदन बुझाइसकेपछि एन्फा केन्द्रको सिंगो कार्यसमितिलेमात्र निर्णय गर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्