२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


मौद्रिक नीतिले कसैलाई पनि निराश बनाउँदैन : गभर्नर अधिकारी


0
Shares

rastra bank

काठमाडौं, असार २९ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम चरणमा पुर्‍याएको छ ।

सो नीतिका सन्दर्भमा सोमबार संघीय संसदको अर्थ समितिले राष्ट्र बैंकका गभर्नरसहितलाई बोलाएर नीतिका विशेषता र प्राथमकिताकाबारेमा छलफल गर्‍यो ।

आगामी आर्थिक वर्षको बजेटले कोरोनाले पारेको समस्याकाबारेमा केही सम्बोधन गर्ने प्रयास गरेपनि केही विषय भने मौद्रिक नीतिलाई नै छाडिदिएको छ ।

यसै सन्दर्भमा भएको छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिले सबैलाई समेट्ने भन्दै कोही–कसैलाई पनि निराश नबनाउने विश्वास दिलाउनुभयो ।

उहाँले अर्थतन्त्र उकास्न राष्ट्र बैंकले सबै प्रयास गर्नेपनि बताउनुभयो ।

गभर्नर अधिकारीले सबै स्थानीय तहबाट पुनर्कर्जा प्रदान गरिने व्यवस्था हुने पनि बताउनुभयो ।

पुनर्कर्जा कार्यान्वयन गर्नसके स्थानीय तहमा रोजगारी बढ्ने तथा बैंक तथा वित्तीय संस्थाको अवस्था पनि सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

अधिकारीले साना तथा मझौला उद्योगलाई कर्जा दिन पनि छुट्टै विशेष बैंक तोकिने बताउनुभयो ।

गभर्नर अधिकारीले धेरैभन्दा धेरै ऋणीले सुविधा पाउन् भनेर कार्यविधि तयार पारिएकोसमेत बताउनुभयो ।

अर्थमन्त्रीसमेत रहिसक्नुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले साना तथा मझौला क्षेत्रमा लगानी बढाइ पूर्वाधार विकासमा सहयोग पुग्ने किसिमको मौद्रिक नीति ल्याउन सुझाव दिनुभयो ।

सरकारले यस वर्ष पुनर्कर्जाको आकारसमेत बढाइ दुई खर्ब पुर्‍याएको छ ।