
संखुवासभा । संखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै भेटिएका छैनन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा गएको पहिरोमा हराई रहेका ११ जनाको उद्धार र खोजीमा समस्या भएको छ ।
उद्धार र राहतकोलागि खराब मौसमका कारण आज पनि हेलिकोप्टर जान नसकेको इमेज संवादाता इन्द्र गिरीले जानकारी दिनुभएको छ ।
हेलिकोप्टर जान नसक्दा पहिरोपीडितहरुले राहत पाउन नसक्दा बिचल्नीमा परेका छन् । पहिरो जान नरोकीएको कारण ७३ घरका ३ सय २८ जनालाई सुरक्षित स्थानमा सारीएको छ ।
लगातारको बर्षाको कारण संखुवासभाकै खाँदवारी नगरपालिका वार्ड नम्बर –११ का विभिन्न बस्ती पहिरोको उच्च जोखिममा परेका छन् ।
माथिबाट खसेको पहिरोको कारण पिप्ले गाउँ जोखिममा परेको छ । त्यसैगरी तलबाट पहिरोले तान्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला कारगारसमेत जोखिममा परेको छ ।
पानीले सडक बगाउँदा समस्या भएको छ । बजारको ढल निकास र पानी गाउँमा कटान गरीएको कारण गाउँ पहिरोको जोखिममा परेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
पहिरोले आदर्श माध्यमिक बिद्यालयलाईसमेत क्षति पुग्ने देखिएको छ । त्यसैगरी गाउँमा खानेपानीको मुहान माथिबाट बाढी पसेका कारण पिप्लेगाउँमा पानीको समेत समस्या पर्दे गएको छ ।
गाउँमाथि रहेको ढोलबाजे जंगलबाट बिस्तारै पहिरो जान थालेपछि पिप्लो गाउँमा उच्च जोखिम बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्