
रामेछाप । रामेछापको मन्थली नगरपालिका कठजोरमा छुरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।
स्थानीय ५२ बवर्षीय दिल बहादुर श्रेष्ठले गरेको छुरा प्रहारबाट ६२ बवर्षीय विनोद कुमार श्रेष्ठको मृत्यु भएको हो ।
उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दिल बहादुरलाई पक्राउ गरी अनुसन्धान थालिएको रामेछाप प्रहरी प्रमुख वसन्त पाठकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्