
काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि सार्वजनिक यातायात पनि सञ्चानलन गर्न दिनुपर्ने माग व्यवसायीले गरे ।
उनीहरूको माग सम्बोधन गर्दै सरकारले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गर्यो ।
तर सरकारको निर्णयलगत्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विभिन्न सर्त अघि सार्दै गाडी नचलाउने निर्णय गर्यो ।
महासंघ मातहतका व्यवसायीलाई गाडी नचलाउन निर्देशन नै जारी गरियो । तर, कम्पनी मोडलमा दर्ता भएका र महासंघ मातहतमा नरहेका अन्य केही यातायात व्यवसायीले गाडी गुडाउन थालेसँगै महासंघलाई भने दवाव परेको छ ।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले आफूहरूको कुनै माग नै नरहेको बताउनुभयो । उहाँले सरकार सवारीसाधन चलाउँदा चालक र सहचालकको स्वास्थ्य सुरक्षाका बारेमा मात्र प्रश्न उठाएको बताउनुभयो ।
उहाँले सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सवारीसाधन सञ्चालन गर्न भनेपनि चालक र सहचालकको सुरक्षाका बारेमा केही उल्लेख नगरेको उहाँले बताउनुभयो ।
महासंघमा २९४ वटा सार्वजनिक यातायात व्यवसायीका कम्पनी आवद्ध छन् ।
सार्वजनिक यातायात सञ्चालन गर्दा मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री सरकारले दिनुपर्ने माग व्यवसायीको छ ।
प्रतिक्रिया दिनुहोस्