
बिराज रोस्यारा (इमेज)
कैलाली, असार ३१ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनको साथबाट कटुवा पेस्तोलसमेत बरामद गरिएको छ ।
पुन बुधबार बिहान धनगढीबाट पक्राउ परेका थिए ।
उनको साथबाट एकथान कटुवा पेस्तोल र एक राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
४४ वर्षीय पुन दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–९ का हुन् ।
पुनसँगै मोटरसाइकलमा सवार अखिल नेपाल महिला संगठन (क्रान्तिकारी)की सेती–महाकाली ब्यूरो इन्चार्ज पूर्णिमा भनिने गौरा धामीलाईसमेत पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।
२७ वर्षीया धामी डडेल्धुराको पर्शुराम नगरपालिका वडा नम्बर–७ की हुन् ।
उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर–७, वेलीस्थित सडकखन्डबाट उनीहरु सवार मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्