१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपाभित्रको विवाद मिलाउने प्रयास जारी: आज ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि सहमति प्रयास जारी छ ।

सहमति जुट्न नसकेपछि आज(बिहीबार) प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

अध्यक्षद्वयको पटकपटको एक्लाएक्लै भेटले समस्या समाधानको सूत्र पत्ता लगाउन नसकेपछि आज ओली, प्रचण्ड र नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट्ने तय भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बुधबार पनि अध्यक्षद्वय ओली र दाहालबीच भेट भएको थियो। तर, निष्कर्ष ननिस्किएपछि नेता नेपाल सहित भेटवार्ता गर्ने तय भएको थियो ।

असार १८ मा प्रधानमन्त्रीले संसद् अधिवशेन अत्य गरेपछि मात्रै चारपटक स्थायी समिति बैठक सारेर पाँचौंपटकको साउन २ का लागि तोकिएको छ ।

पछिल्लोपटक एक साता बैठक स्थगित गरे पनि बैठकअघि सहमति जुटाउने समय बिहीबार एक दिन मात्र बाँकी छ । नेकपाका दुई अध्यक्ष १८ असारयता १३ दिनबीच सातपटक बालुवाटारमा वार्तामा बसे ।

तर वार्तामा दुवै आआफ्ना अडान राख्नेभन्दा खास निश्कर्ष उनीहरूले निकाल्न सकेनन् । बुधबारको छलफलपछि भने दुवै पक्षका नेताको दौडादौड एक्कासी फेरि बाक्लिन थालेको छ ।