१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काठमाडौं उपत्यकामा गुड्न थाले साझा बस: बसमा आधा मात्रै यात्रु, मास्क अनिवार्य


0
Shares

काठमाडौं । सरकारी लगानीको साझा यातायात काठमाडौं उपत्यकामा आज(विहीबार)वाट सञ्चालनमा आएको छ ।

लकडाउन भएसँगै रोकिएको साझाले २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा आजबाट सेवा सुरु गरेको हो ।

साझाले सरकारले तोकेअनुसार सिट क्षमताभन्दा आधा मात्रै यात्रु राखेर बस सञ्चालन गर्न लागेको जनाएको छ ।

बस चढ्न मास्कको प्रयोग अनिवार्य गरिएको छ । पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ ।

आवश्यकतानुसार बस थप्दै लैजाने साझाको तयारी छ । सरकारले तोकेअनुसार नै भाडा लिइने उसले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि पनि यातायातले बसको मर्मतसम्भार भन्दै केही दिन बस थन्क्याएको थियो ।

बिक्रम संबत २०१९ सालमा सुरु भएको साझा यातायातलाई विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो ।

विभिन्न समस्याका कारण २०६४ मा अवरुद्ध सेवा २०७० सालमा पुनः स्थापित गरिएको हो ।

साझाले अहिले काठमाडौं उपत्यकामा १० रुट तथा उपत्यका बाहिर पनि केही गन्तब्यमा सेवा दिईरहेको छ ।