१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुका लागि हिमानी ट्रष्टको सहयोग


26
Shares

काठमाडौं । देशका बिभिन्न प्रदेशमा रहेका क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुका लागि हिमानी ट्रष्टले सहयोग गरेको छ ।

ट्रष्टले विहीबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी सहयोग सामग्री वितरण गरेको हो ।

अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले देशका बिभिन्न स्थानको क्वारेन्टिन र आइसोलेशन वार्ड तथा केही विद्यालयहरुलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राहत सामग्री अन्तर्गत् झुल, पानी फिल्टर गर्ने मसिनलगायत रहेका छन् ।

अध्यक्ष शाहले ट्रष्टले प्रधानमन्त्री कोरोना उपचार कोषमा एक करोड रुपैयाँ जम्मा गरेको जानकारी गराउनुहुँदै संस्थाले आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।