
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, साउन १ । निरन्तरको वर्षाका कारण पाँचथरको मिक्लाजुङ गाउँपालिका–१, कोलबुङ बस्तीमा जमिन भासिएको छ । जमिन भासिँदा बस्ती नै जोखिममा परेको छ ।
जमिन भासिएसँगै कतिपय स्थानीयहरु वर्षौंदेखि बस्दै आएको आफ्नो थाकथलो छोडेर विस्थापित भइ अन्यन्त्र हिँड्न बाध्य भएका छन् ।
स्थानीय दीपेन्द्रकुमार आङ्देम्बे, खड्गबहादुर आङ्देम्बेलगायत सात घर–परिवार धाँज फाटेर र जमिन भासिएपछि विस्थापित भएका छन् ।
ती परिवारलाई तत्काल अन्यन्त्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको स्थानीय गंगा आङदेम्बेले बताउनुभयो ।
आफूहरुलाई सुरक्षित स्थानतर्फ बसोबासका निम्ति सहयोग गर्नुपर्ने स्थानीय शिशिर आङदेम्बेले बताउनुभयो ।
निरन्तर वर्षाद कायम रहेमा कोलबुङ बस्ती नै भासिने खतरा बढेको स्थानीय दुर्गा आङदेम्बेको भनाइ छ ।
यस विषयमा गाउँपालिका र इलाका प्रहरी कार्यालय रविमा पनि जानकारी गराएको मिक्लाजुङ–१ का वडाध्यक्ष विष्णुकुमार राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्