
काठमाडौं, साउन १ । नेपालको पहिलो सोसल मिडिया एप ‘सगुन’ले प्रभु म्यानेजमेन्टसँग सहकार्य सुरु गरेको छ ।
कम्पनीकाअनुसार सामाजिक सञ्जाललाई केवल मनोरञ्जनका लागिमात्रैभन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी गर्नका साथै अनेकौं दैनिक कार्यहरुलाई सजिलो बनाइदिने सुविधा पनि उपलब्ध गराउन उक्त साझेदारी गरिएको हो ।
अहिले प्रयोगकर्ताहरुले सगुनमार्फत् एनसेल, स्मार्टसेल, र एनटीसीको रिचार्ज कार्ड सित्तैमा प्रयोग सक्छन् ।
दुई कम्पनीकाअनुसार आगामी दिनमा सगुनका प्रयोगकर्ताहरुले बिजुली, पानी, इन्टरनेट, टीभीको बिल तिर्नसक्ने तथा पैसा पठाउने र पाउने, बैंकमा बुझाउनेजस्ता प्रभु म्यानेजमेन्टका सेवा तथा सुविधाहरुहरुको लाभ पनि उठाउन सक्नेछन् ।
यस विषयमा सगुन नेपालका कन्ट्री म्यानेजर आनन्द बज्रचार्य भन्नुहुन्छ–‘म प्रभु म्यानेजमेन्टमा बिजनेस डेभलपमेन्ट म्यानेजरको रुपमा दुई वर्ष कार्यरत् थिएँ र प्रभु म्यानेजमेन्टले नेपालीहरुलाई वर्षौंदेखि दिइरहेको सेवा–सुविधा तथा ग्राहकहरुप्रति उसको प्रतिबद्धताबारे राम्रोसँग परिचित छु । त्यसैले यो साझेदारी गर्न पाउँदा एकदमै खुसी छु । यस सहकार्यमार्फत् हाम्रा प्रयोगकर्ताहरुले अनेकौं सुविधाका साथै सामाजिक सञ्जाल प्रयोगमा नयाँपन र व्यापार–व्यवसायहरुले आफ्नो सेवा ठूलो संख्याका प्रयोगकर्ताकाबीचमा पुर्याउन सजिलो हुने कुरामा विश्वस्त छु ।’
आम नेपालीहरूको माझमा प्रभु कुनै नौलो नाम होइन । ‘जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु’ भन्ने मूल नाराका साथ निरन्तर सेवामा समर्पित प्रभु समूहले विभिन्न समयमा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै जनमुखी सेवा पुर्याउँदै आइरहेको छ ।
प्रभुले सगुनसँग सहकार्य गरी सोसल मिडिया क्षेत्रमा पनि नेपालीहरुलाई सेवा दिनेबारे प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामा भन्नुहुन्छ–‘हामी सगुनसँग साझेदारी गर्न पाएकोमा खुसी छौं । सगुन एक नेपाली दाएस्पोराले स्थापना गरेको सोसल मिडिया एप भएकोमा हामीलाई गर्व छ र हामी प्रभु समूहको रूपमा सगुनको वृद्धिका लागि पूर्ण समर्थन दिनेछौं । यस ऐतिहासिक यात्राको लागि आनन्द र सगुन टीमलाई शुभकामना दिन चाहन्छु ।’
सगुन अमेरिका, नेपाल र भारत तीनओटै देशमा रेजिस्टर भइ सञ्चालनमा आइरहेको छ । हालसम्म ५७ लाख प्रयोगकर्ताले सगुन चलाएका छन् ।
कम्पनीकाअनुसार प्रभु म्यानेजमेन्टसँगको सहकार्यपछि सगुन नेपाल र भारतका प्रयोगकर्ताहरुले मात्र चार करोड ‘इस्मार्ट कोइन’ बराबरको सपिङ गरिसकेका छन् । जम्मा दुई अर्ब सगुन इस्मार्ट कोइन वितरण भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्