
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानेडियन संस्थाहरुलाई रुसी गुप्तचरहरुले निशाना बनाइरहेको चेतावनी सुरक्षा निकायहरुले दिएका छन् ।
ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको दाबी बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एन.सि.एस.सी) ले गरेको छ ।
सुरक्षा निकायले चेतावनी दिए पनि ह्याकरको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुनै जानकारी चोरी गरिसकेका छन् या छैनन् भन्ने खुलाएको छैन ।
खोपको अनुसन्धानमा ह्याकरले रोकावट भने नल्याएको बताइएको छ । रुसले आरोप अस्वीकार गरेको छ र कुनै पनि प्रकारको ह्याक नगरिएको वा त्यसको लागि ह्याकर परिचालन नगरेको दाबी गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्