१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा बाबूछोरालाईनै बलात्कारको आरोप, थप अनुसन्धान हुँदै


0
Shares

बैतडी । आफ्नै ११ बर्षीया छोरी बलात्कार गरेको आरोपमा बैतडीमा पक्राउ परेका ५४ बर्षीय एक व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ ।

जिल्ला अदालत बैतडीले अनुसन्धानकोलागि हिजो ५ दिनको म्याद थप गरेको छ । छोरी बलात्कारको आरोपमा पक्राउ परेका पञ्चेश्वर गाउँपालिकाका उनीमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता गरेर अनुसन्धान जारी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिनुभयो ।

यस्तै आफ्नी ६२ बर्षीय आमालाई बलात्कार गरेको आरोममा पक्राउ परेका बैतडीको पुर्चौंडी नगरपालिकाका ३२ बर्षीय उनका छोरामाथि पनि प्रहरीले अनुसन्धान थालेको छ ।

जबरजस्ती करणीमा मुद्दा दर्ता गरेर अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जैसीले बताउनुभयो । पक्राउ परेका ती युवकलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ ।