१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुराका २ सय ६९ जना कोरोना निको भएर घर फर्के


0
Shares

डडेल्धुरा । डडेल्धुराका २ सय ७५ जना कोरोना संक्रमितमध्ये २ सय ६९ जना निको भएर घर फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले आइसोलेसनमा रहेका ६ जना बाहेकका अन्यलाई घर फर्काएको जनाएको छ ।

कोरोना पोजिटिभ देखिएका जिल्लाका सबैजना समान्य रहेको र धमाधम घर फर्किरहेका जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड १९ सम्पर्क व्यक्ति हरि भट्टले जानकारी दिनुभयो ।

पोजिटिभ देखिएका अजयमेरु, आलिताल र नवदुर्गा गाउँपालिकाको आइसोलेसनमा रहेका ६ जना पनि समान्य अवस्थामा छन् ।

४ सय ६२ जनाको रिपोर्ट आउन बाँकी रहेकोे स्वास्थ्य कार्यालयले जनाएको छ ।